बिहीबार, ९ जेष्ठ, २०८२

विद्युत प्राधिकरणको सञ्चालक समिति सदस्यमा कार्की र गुरुङ नियुक्त

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, २० श्रावण, २०८१

विद्युत प्राधिकरणको सञ्चालक समिति सदस्यमा कार्की र गुरुङ नियुक्त

काठमाडौं , साउन २०। सरकारले नेपाल विद्युत प्राधिकरण सञ्चालक समिति सदस्यमा देवेन्द्र कार्की र महेन्द्रबहादुर गुरुङलाई नियुक्त गरेको छ ।ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको मन्त्री स्तरीय निर्णयबाट रिक्त सञ्चालक समितिमा कार्की र गुरुङलाई नियुक्त गरेको हो ।

नियुक्त कार्की ऊर्जा मन्त्रालयका पूर्वसचिव हुन् भने गुरुङ विद्युत् विकास विभागका पूर्वमहानिर्देशक एवम् पञ्चेश्वर विकास प्राधिकरणका पूर्वसीईओ हुन्।

यस अघि सञ्चालक समिति सदस्य भक्तबहादुर पुन र कपिल आचार्यलाई पदबाट हटाएपछि रिक्त उक्त स्थानमा कार्की र गुरुङलाई नियुक्त गरिएको हो।

advertisement_1680627706.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif