बिहीबार, २८ फाल्गुन, २०८२

को को परे रास्वपाले बुझाएको ११० जना समानुपातिक उम्मेदवारको सूचीमा ?

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, १५ पुष, २०८२

को को परे रास्वपाले बुझाएको ११० जना समानुपातिक उम्मेदवारको सूचीमा ?

२०८२ पुष १५, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक तर्फका उम्मेदवारहरूको बन्दसूची निर्वाचन आयोगमा पेस गरेको छ । पार्टीले मध्यराति प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणाली अन्तर्गतको बन्दसूची आयोगमा बुझाएको हो ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै रास्वपाले समानुपातिकतर्फ ११० जना उम्मेदवारको नामावली पेस गरेको जनाएको छ। रास्वपाको समानुपातिक बन्दसूचीमा क्रिकेटर ज्ञानेन्द्र मल्लदेखि  गायक प्रकाश सपूतसम्मका व्यक्तिहरू समावेश छन् ।

रास्वपाले भर्खरै एकताका लागि सहमति गरेको उज्यालो नेपाल पार्टीले बुझाएको नाम केही नामको रोस्टर पनि यो सूचीमा समेटेको छ ।

जसअनुसार पार्टी अध्यक्ष अनुपकुमार उपाध्याय, अभिनेत्री रिमा विश्वकर्मा, अभिषेकराज सिंह, डा महेन्द्र लावती, मनीषा कुमारी, सोमप्रसाद चौधरी, सीतादेवी पाण्डे, सरला लामिछाने, दुर्गाबहादुर घिमिरे, बालिका चौधरी रहेका छन् ।

निर्वाचन आयोगका अनुसार हालसम्म ६४ दलले समानुपातिक उम्मेदवारको बन्द सूची बुझाएका छन् ।

Download the PDF
advertisement_1676551646.gif