बिहीबार, २८ फाल्गुन, २०८२

रास्वपाको केन्द्रीय समितिको बैठक आइतबार बस्ने

राष्ट्रिय सन्‍देश संबाददाता, शनिबार, ४ माघ, २०८२

रास्वपाको केन्द्रीय समितिको बैठक आइतबार बस्ने

२०८२ माघ ३, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक भोलि (आइतबार) बस्ने भएको छ । बैठक पार्टी सभापतिको निर्देशनअनुसार भोली दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय, वनस्थली, काठमाडौंमा बस्न लागेको हो ।

बैठकमा प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ सम्बन्धी विषयमा छलफल हुने जनाइएको छ । साथै, बैठकमा विविध विषयमा पनि छलफल गरिनेछ ।

पार्टीले केन्द्रीय समितिका सबै सदस्यलाई अनिवार्य उपस्थितिका लागि अनुरोध समेत गरिएको छ ।

advertisement_1680627680.gif