शुक्रबार, ३ जेष्ठ, २०८२

रास्वपा कार्यवहाक सभापतिको जिम्मेवारी अर्याललाई

राष्ट्रिय सन्‍देश संबाददाता, शनिबार, २२ चैत्र, २०८१

रास्वपा कार्यवहाक सभापतिको जिम्मेवारी अर्याललाई

२३ चैत्र २०८१, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति डिपी अर्याललाई दिएको छ । केन्द्रीय सचिवालयको बसेको बैठकले सो निर्णय गरेको हो ।

उच्च अदालत तुलसीपुर बुटवल इजलासले सो पार्टीका सभापति रवि लामिछानेलाई शुक्रबार साँझ पक्राउ गरेको थियो ।

सभापति लामिछाने पक्राउ भए लगत्तै सो पार्टीको सचिवालय बैठक बसेको हो । बैठकले अदालत र अदालतको निर्णयको सदैव सम्मान गर्दै अदालत, संविधान र कानुनमा आधारित रही अर्को तह र ढोकामा न्यायको लागि अघि बढ्ने निर्णय गरेको छ ।

यस्तै, आज चैत्र २३ गते शनिबार अपराह्न २ बजे चितवनको भरतपुरमा आयोजना हुन लागेको  सभालाई  शान्त र सौम्य बनाउन बैठकले निर्देशन दिएको छ ।

advertisement_1676551694.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif