बिहीबार, २८ फाल्गुन, २०८२

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, २० पुष, २०८२

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

२०८२ पुष २०, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति बैठक बोलाएको छ । बैठक आज दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय सुरु हुने महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिएका छन् ।

बैठकमा केन्द्रीय समितिका सबै सदस्यहरूको अनिवार्य उपस्थिति माग गरिएको छ । मुख्य एजेन्डामा पार्टीको समायोजन, विस्तार र सुदृढीकरणसम्बन्धी छलफल रहने बताइएको छ ।

रास्वपा, ऊर्जा मन्त्री कुलमान घिसिङ र काठमाडौं महानगरपालिका मेयर बालेन शाहबीच पुस १४ गते भएको एकता पश्चात् यो पहिलो केन्द्रीय बैठक हो । पार्टीका लागि यस बैठकलाई आगामी रणनीति निर्धारण गर्ने महत्त्वपूर्ण बैठकका रूपमा हेरिएको छ ।

advertisement_1676998982.gif