मंगलवार, १७ असार, २०८२

आफताब आलम रिहा

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, १५ जेष्ठ, २०८२

आफताब आलम रिहा

१४ जेठ २०८२, काठमाडौं । उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासबाट सफाइ पाएका काँग्रेस नेता अफताव आलम रिहा भएका छन् । कारागार कार्यालय नख्खु, ललितपुरमा रहेका उनी उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जको फैसलापछि बुधबार बेलुका रिहा भएका हुन् ।

बम विस्फोट गरी व्यक्ति हत्याको आरोपमा जन्मकैद सजाय पाएका नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री आलमलाई उच्च अदालतको वीरगञ्ज इजलासले सफाइ दिएको हो । अदालतले पत्र पठाएसँगै नख्खु कारागारमा रहेका उनी छुटेका हुन्।

बुधबार उच्च अदालत वीरगञ्जका न्यायाधीशद्वय खुशीप्रसाद थारु र अर्जुन महर्जनको संयुक्त इजलासले रौतहट जिल्ला अदालतको फैसला उल्टाउँदै उनलाई सफाइ दिएको थियो ।

घटनाको १२ वर्षपछि रौतहट प्रहरीले आलमलाई १९ असोज २०७६ मा पक्राउ गरेको थियो ।

advertisement_1680627680.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif