मंगलवार, १७ असार, २०८२

राष्ट्रिय महिला अधिकार दिवस मनाईंदै

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, १५ जेष्ठ, २०८२

राष्ट्रिय महिला अधिकार दिवस मनाईंदै

१६ जेठ २०८२, काठमाडौं । आज (शुक्रबार) सातौ राष्ट्रिय महिला अधिकार दिवस विभिन्न कार्यक्रम गरि मनाइँदैछ । हरेक वर्ष जेठ १६ मा राष्ट्रिय महिला अधिकार दिवस मनाउने गरिन्छ ।

यस वर्ष आज ‘महिला अधिकारको सम्मान आत्मनिर्भरता हाम्रो अभियान’ भन्ने नाराका साथ मनाउन लागिएको हो ।

वि.सं. २०६३ साल जेठ १६ गते तत्कालिन पुनस्थापित प्रतिनिधिसभाबाट नेपाली महिलाका अधिकारसम्बन्धी महत्वपूर्ण चारवटा विशेष प्रस्तावहरु पारित भएको दिनको स्मरण गर्दै वर्षेनि जेठ १६ गते यो दिवस मनाउने गरिएको छ ।

नेपालको संविधानले महिलालाई राज्यको हरेक निकायमा ३३ प्रतिशत आरक्षणको व्यवस्था गरिएको छ ।

advertisement_1676553851.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif