शुक्रबार, १ जेष्ठ, २०८३

राष्ट्रिय दलित आयोगका सदस्य टुञ्जे कामीद्वारा पदबाट राजीनामा

राष्ट्रिय सन्‍देश संबाददाता, २ घण्टा पहिले

राष्ट्रिय दलित आयोगका सदस्य टुञ्जे कामीद्वारा पदबाट राजीनामा

२०८३ जेष्ठ १, शुक्रबार, काठमाडौं । राष्ट्रिय दलित आयोगका सदस्य टुञ्जे कामीले आफ्नो पदबाट राजीनामा दिएका छन् ।

उनले आजैदेखि लागू हुने गरी पद त्याग गरेको जानकारी राष्ट्रपति कार्यालयमार्फत सार्वजनिक गरिएको हो । रामचन्द्र पौडेल समक्ष उनले राजीनामा बुझाएको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले बताएका छन् ।

सरकारले हाल विभिन्न संवैधानिक आयोग तथा सार्वजनिक निकायमा नियुक्त पदाधिकारीहरूलाई मार्ग प्रशस्त गर्न आग्रह गर्दै आएको पृष्ठभूमिमा यो राजीनामा आएको जनाइएको छ ।

advertisement_1676551694.gif