मंगलवार, १७ असार, २०८२

टुँडिखेलमा यसरी मनाइयो गणतन्त्र दिवस (तस्विरहरू)

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, १६ जेष्ठ, २०८२

टुँडिखेलमा यसरी मनाइयो गणतन्त्र दिवस (तस्विरहरू)

१५ जेठ २०८२, काठमाडौं । आज जेठ १५ गते अर्थात नेपालमा गणतन्त्र स्थापना भएको दिन । आज देशविदेशमा रहेका नेपालीहरूले गणतन्त्र दिवस मनाइरहेका छन् । सरकारले काठमाडौंको टुँडिखेलमा विशेष समारोहकाबीच गणतन्त्र दिवस मनाएको छ । पुष्प वृष्टिका र सुरक्षाकर्मीको कवाजका साथ दिवस मनाइएको हो ।

कार्यक्रममा राष्ट्रिय गान र झण्डोत्तोलन गरिएको थियो । साथै सो अवसरमा सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै लोकतन्त्रका लागि सङ्घर्ष, त्याग र बलिदान गर्ने अग्रजको योगदानको स्मरण गरियो ।

समारोहमा उपराष्ट्रपति, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभा अध्यक्ष,मन्त्रीगण, सवैधानिक निकायका प्रमुख, नेपाल सरकारका उच्चपदस्थ अधिकृत, सुरक्षा निकायका प्रमुख, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि तथा समाजका विभिन्न क्षेत्रका लब्ध प्रतिष्ठित व्यक्ति सहभागी भएका थिए ।

समारोहमा नेपाली सेनाको हेलिकोप्टरबाट गणतन्त्र दिवस-२०८२ अङ्कित ब्यानर प्रदर्शनी र पुष्पवृष्टि गरिएको थियो ।  कार्यक्रममा विविध साँस्कृतिक झाँकी प्रदर्शन र नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपालबाट मार्चपास समेत प्रस्तुत गरिएको थियो ।

advertisement_1676551646.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif