बिहीबार, २८ फाल्गुन, २०८२

गगन थापाले काँग्रेसको चुनावी प्रतिज्ञा पत्रबारे खुला प्रश्नोत्तर गर्ने

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, ६ फाल्गुन, २०८२

गगन थापाले काँग्रेसको चुनावी प्रतिज्ञा पत्रबारे खुला प्रश्नोत्तर गर्ने

२०८२ फागुन ०६, काठमाडौं । नेपाली काँग्रेसले चुनावी प्रतिज्ञा पत्रमा समेटिएका विषयमा खुला प्रश्नोत्तर गर्ने भएको छ । बुधबार जनकपुरमा सार्वजनिक गरिएको प्रतिज्ञा पत्रबारे विस्तृतमा जानकारी दिन काँग्रेसले बिहीबार खुला प्रश्नोत्तर गर्ने भएको हो ।  

बिहीबार दिउँसो १ बजेदेखि काठमाडौँको राष्ट्रिय सभागृहमा हुने ‘हाम्रो प्रतिज्ञा-तपाईको प्रश्न’ कार्यक्रममा सभापति गगन थापा पनि सहभागी हुनेछन् । प्रतिज्ञा पत्रका बारेमा  देश विदेशबाट प्रश्न लिँदै सभापति थापाबाटै जवाफ दिने कार्यक्रम तय भएको प्रवक्ता देवराज चालिसेले बताए ।

प्रविधिको प्रयोग गरेर संसारभरिबाट प्रत्यक्ष रूपमा प्रश्न सोध्न सकिने र त्यसमा प्रत्यक्ष रूपमा सभापतिले जवाफ दिने व्यवस्था गर्न लागिएको प्रवक्ता चालिसेले जानकारी दिएका छन् ।

advertisement_1676551537.gif