शुक्रबार, २९ फाल्गुन, २०८२

गगन-विश्व समूहले देउवाको राजीनामा मागेपछि जुटेन सहमति

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, २९ पुष, २०८२

गगन-विश्व समूहले देउवाको राजीनामा मागेपछि जुटेन सहमति

२०८२ पुष २९, काठमाडौँ । नेपाली कांग्रेसभित्रको विवाद समाधानका लागि बसेको समूहबीच सहमति नजुट्दा बैठक केहि बेरका लागि स्थगित गरिएको छ । वार्तामा सभापति शेरबहादुर देउवाको राजीनामा मागेपछि बैठक स्थगित भएको हो ।

अन्य विषयमा विवाद नदेखिए पनि देउवाको राजीनामाको विषयमा विवाद देखिएको बैठकमा सहभागी एक नेताले जानकारी दिएका छन् ।

नेतृत्वले राजीनामा गर्ने वा राजनीति छोड्ने भन्ने महाधिवेशन विशेष पक्षको मागमा कुरा नमिल्दा संवाद रोकिएको हो ।

वार्तामा विशेष महाधिवेशनको पक्ष (गगन-विश्व) बाट प्रदीप पौडेल, मधु आचार्य, देवराज चालिसे र गुरुराज घिमिरे सहभागी छन् ।

सभापति शेरबहादुर देउवाको पक्षबाट बालकृष्ण खाण र रमेश लेखक सहभागी हुँदा शेखर कोइरालाको समूहबाट सहमहामन्त्री जीवन परियार सहभागी छन् ।

advertisement_1680627680.gif