राष्ट्रिय सन्देश संबाददाता, बुधबार, २२ माघ, २०८२
२०८२ माघ २१, काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिएको राजीनामा स्वीकृत गरेका छन् । पौडेलले यही माघ ८ गते पदबाट राजीनामा दिएका थिए ।
२०७३ वैशाख २७ गतेदेखि नेपाली कांग्रेसको मुख्यसचिव पदमा रही पार्टीको विधान, नियमावली तथा नीतिअनुसार जिम्मेवारी निर्वाह गरेका पौडेलप्रति सभापति थापाले पार्टी र व्यक्तिगत तर्फबाट धन्यवाद व्यक्त गरेका छन् ।
कांग्रेसको विधान २०१७ (संशोधनसहित), नियमावली २०७६ तथा कर्मचारी विनियमावली २०७९ बमोजिम अर्को व्यवस्था नहुन्जेलसम्मका लागि केन्द्रीय कार्यालयका सचिव कृष्णप्रसाद दुलाललाई का.वा. मुख्यसचिवको जिम्मेवारी तोकिएको छ ।