बिहीबार, २८ फाल्गुन, २०८२

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दै

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, २० पुष, २०८२

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दै

२०८२ पुष २०, काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । सोमबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बैठक बोलाइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जनाएका छन् ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवम् सदस्यहरूलाई उपस्थित हुन आग्रह गरिएको छ ।

यसअघि कार्यसम्पादन समितिको शुक्रबारको बैठकले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौँमा गर्ने निर्णय गरेको थियो ।

advertisement_1676551694.gif