बिहीबार, २८ फाल्गुन, २०८२

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, ३० मंसिर, २०८२

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै

२०८२ मंसिर २९, काठमाडौं । आज नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै छ । पार्टीका पूर्वकेन्द्रीय सदस्य एवं पूर्वमन्त्री आमोदप्रसाद उपाध्यायको निधनमा शोक प्रस्ताव पारित गर्न केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्न लागेको हो ।

बैठक आज बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।

बैठकमा उपस्थित हुन कांग्रेसले केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सातवटै प्रदेश सभापतिलाई निर्देशन दिएको छ ।

advertisement_1772818633.jpg