राष्ट्रिय सन्देश संबाददाता, शुक्रबार, १८ पुष, २०८२
२०८२ पुष १८, काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशन वैशाख २८ देखि ३१ गतेसम्म गर्ने प्रस्ताव पारित भएको छ ।
आज सबेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले वैशाख २८ देखि ३१ गतेसम्मका लागि महाधिवेशनको नयाँ मिति प्रस्ताव गरेकोमा उक्त मिति बैठकबाट पारित भएको हो ।
पुस २६-२८ सम्मको महाधिवेशन तालिका प्रभावित भएसँगै महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको मिति घोषणा गरेका थिए । यसरी पार्टी महाधिवेशनका विषयमा नेताहरू विभाजित हुँदा समस्याको हल खोज्न आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले नयाँ मिति पारित गरेको हो ।
.png)