बिहीबार, २८ फाल्गुन, २०८२

कांग्रेस पनि संसद् पुनर्स्थापनाको माग लिएर सर्वोच्चमा

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, २२ मंसिर, २०८२

कांग्रेस पनि संसद् पुनर्स्थापनाको माग लिएर सर्वोच्चमा

२०८२ मंसिर २१, काठमाडौँ ।  प्रतिनिधिसभा पुनर्स्थापनाको माग लिएर नेपाली कांग्रेस पनि सर्वोच्च अदालत गएको छ । कांग्रेसले वारेसमार्फत पूर्वमहान्यायाधिवक्ता खम्म खातीलाई संसद् पुनर्स्थापनाको माग लिएर सर्वोच्च पठाइएको हो ।

संसद् पुनर्स्थापनाको माग लिएर वारेसमार्फत कांग्रेस अदालत गएको कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले बताए । सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच गत शुक्रबार भेटवार्ता भए लगत्तै कांग्रेसले आइतबार एमालेकै लाइनमा पुनर्स्थापनाको मुद्दा सर्वाेच्चमा लगेको छ।

कांग्रेसको तर्फबाट विघटित प्रतिनिधि सभाका संसदीय दलका प्रमुख सचेतक घिमिरे र सचेतक सुशीला थिङसहित ८ जना सांसद निवेदक बनेर सर्वाेच्चमा रिट गएको हो ।

सर्वाेच्चले दर्ताका लागि सोमबार मात्रै समय दिएको कांग्रेसले जनाएकाे छ।

advertisement_1676551537.gif