मंगलवार, ११ कार्तिक, २०८३

कांग्रेस दलित सहमहामन्त्रीमा प्रकाश रसाइली निर्वाचित

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, २९ आश्विन, २०८३

कांग्रेस दलित सहमहामन्त्रीमा प्रकाश रसाइली निर्वाचित

२०८३ असोज २९ काठमाडौँ । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा दलित क्लस्टरतर्फको सहमहामन्त्री पदमा प्रकाश रसाइली (स्नेही) फराकिलो मतान्तरका साथ निर्वाचित भएका छन् ।

केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार स्नेहीले ४ हजार ८२१ मत प्राप्त गर्दै जित हासिल गरेका हुन्। उनले आफ्ना प्रतिस्पर्धीहरूलाई ठूलो मतान्तरले पछाडि पार्दै सहमहामन्त्री पद सुरक्षित गरेका हुन् ।

उक्त निर्वाचनमा स्नेहीका निकटतम प्रतिस्पर्धी मानबहादुर नेपालीले १ हजार १२१ मत प्राप्त गरेका छन् । यस्तै अर्का उम्मेदवार नरेन्द्र पासवानले ७९६ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।

advertisement_1792150120.png