बिहीबार, २८ फाल्गुन, २०८२

काँग्रेसबाट काठमाडौँ-५ मा प्रदीप पौडेल उम्मेदवार

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, ७ माघ, २०८२

काँग्रेसबाट काठमाडौँ-५ मा प्रदीप पौडेल उम्मेदवार

२०८२ माघ ६, काठमाडौँ । नेपाली काँग्रेसले महामन्त्री प्रदीप पौडेललाई काठमाडौँ क्षेत्र नम्बर ५ को उम्मेदवार बनाएको छ ।

हालै भएको विशेष महाधिवेशनबाट काँग्रेसको महामन्त्री बनेका पौडेल यसअघिको चुनावमा पनि त्यही क्षेत्रबाट विजयी भएका थिए । उनी अघिल्लो सरकारमा स्वास्थ्य मन्त्रीसमेत बनेका थिए।

यो क्षेत्रबाट नेकपा एमालेका ईश्वर पोखरेल उम्मेदवार बनेका छन् । रास्वपाले भने आशिफ शाहलाई उम्मेदवार बनाएको छ । 

advertisement_1676553908.gif