बिहीबार, २८ फाल्गुन, २०८२

कांग्रेसले महाधिवेशन कार्यतालिका परिमार्जन गर्ने

राष्ट्रिय सन्‍देश संबाददाता, शनिबार, १२ पुष, २०८२

कांग्रेसले महाधिवेशन कार्यतालिका परिमार्जन गर्ने

२०८२ पुष १२, काठमाडौँ । नेपाली कांग्रेसले महाधिवशेनको कार्यतालिका परिमार्जन गर्ने भएको छ ।

केहिदिन देखि जारी कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यसअघि तोकेको समयमा नै नियमित महाधिवेशनको सुनिश्चितता गर्ने गरि महाधिवशेनको कार्यतालिका परिमार्जन गर्न लागेको हो ।

शनिबार पार्टी कार्यालय सानेपामा बसेको बैठकमा पनि सदस्यहरुले तोकिएको समयमा नै महाधिवेशन हुने गरि व्यहारिक कार्यतालिका बनाउनुपर्नेमा जोड दिएका थिए ।

बैठकपछि कांग्रेस नेता मीन विश्वकर्माले यसअघिको कार्यतालिका अनुसार काम हुन नसकेकाले तोकेको समयमा नै नियमित महाधिवेशनको सुनिश्चितता गर्ने गरि महाधिवशेनको कार्यतालिका परिमार्जन गर्न लागिएको जानकारी दिए ।

पुस ८ गतेभित्र क्रियाशिल सदस्यताको बिषय टुङ्गीन नसकेको अवस्थामा अरु कार्यतालिका प्रभावित हुने भएकाले अर्को कार्यतालिका बनाउने बिषयमा बैठक केन्द्रीत रहेको उहाले बताए ।

उनले वडादेखि केन्द्रसम्म नीति र नेतृत्व रुपान्तरण गरेर अघि बढ्नुपर्नेमा अधिकांश सदस्यहरुको जोड रहेको जिकिर गरे ।

advertisement_1676998982.gif