राष्ट्रिय सन्देश संबाददाता, बुधबार, २३ पुष, २०८२
२०८२ पुष २३, काठमाडौं । मनोनयन गर्ने दिन नेपाली कांग्रेसले राष्ट्रियसभा उम्मेदवारको नाम टुंगो लगाएको छ । अहिले बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले नौ जना उम्मेदवारको नाम टुंगो लगाएको हो।
कांग्रेसले पूर्वमन्त्री सुनील थापादेखि पूर्वमहान्यायाधीवक्ता खम्बबहादुर खातीको नाम टुंगो लगाएको हो ।
कांग्रेसले कोशीबाट सुनिल थापा, मधेसबाट धमेन्द्र पासवान र सञ्जत कर्ण, बागमतीबाट गीता देवकोटा, गण्डकीबाट जगत तिमल्सिना, लुम्बिनीबाट बासुदेव जंगली र चन्द्रबहादुर केसी, कर्णालीबाट ललितबहादुर शाही र सुदूरपश्चिमबाट खम्मबहादुर खातीलाई उम्मेदवार बनाएको छ ।
एमाले र जसपा नेपालसँग भएको तालमेलको सहमतिअनुसार कांग्रेसका ९ उम्मेदवारको टुंगो लगाएको हो ।