राष्ट्रिय सन्देश संबाददाता, शनिबार, १६ फाल्गुन, २०८२
२०८२ फागुन १६, काठमाडौं । नेपाली काँग्रेसले शनिबार मधेसका चार जिल्लामा चुनावी सभा गर्दैछ । कांग्रेसले आज सर्लाही, रौतहट, बारा र पर्सामा चुनावी सभा गर्न लागेको हो ।
चार वटै जिल्लामा हुने सभालाई सभापति गगन थापाले सम्बोधन गर्नेछन्। उनले सर्लाहीको लालबन्दी, रौतहट र बारा हुँदै पर्साको वीरगञ्जमा पुगेर चुनावी सभालाई सम्बोधन गर्ने भएका हुन् ।
उक्त चार वटै सभालाई पार्टी सभापति गगन थापा, उपसभापति विश्वप्रकास शर्मा लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । चुनावी अभियानकै क्रममा पार्टी सभापति थापा सर्लाहीको लालबन्दी हुँदै रौतहट र बारा हुँदै पर्साको वीरगञ्ज पुग्ने बताइएको छ ।
हिजो सभापति थापा र उपसभापति विश्वप्रकास शर्माले बुटवल, बाग्लुङ र पोखरामा आयोजना भएका चुनावी कार्यक्रमलाई सम्बोधन गरेका थिए । त्यसअघि सभापति थापा लगायतका नेताले गत बिहीबार सुर्खेत र बाँकेको चुनावी सभालाई सम्बोधन गरेका थिए । कांग्रेसले भोली आइतबार काठमाडौं उपत्यका लक्षित कार्यक्रम गर्ने तयारी गरेको छ ।