राष्ट्रिय सन्देश संबाददाता, सोमबार, २८ पुष, २०८२
२०८२ पुष २८, काठमाडौँ । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनअन्तर्गत आज बन्दसत्र सुरु हुँदैछ । आज हुने बन्दसत्रमा पार्टीको नीति, संगठन र आगामी राजनीतिक दिशाबारे गहन बहस हुने भएको छ ।
आइतबार साँझ उद्घाटन सत्र सम्पन्न भएसँगै आज बिहान खाजापछि बन्दसत्र सुरु गरिने महाधिवेशन व्यवस्थापन सचिवालयले जनाएको छ । ढिलोमा १० बजेदेखि औपचारिक कार्यक्रम अघि बढ्नेछ ।
प्रतिनिधिहरूको दबाबपछि महामन्त्री गगन थापाको नेतृत्वमा बोलाइएको विशेष महाधिवेशनमा २६ सयभन्दा बढी प्रतिनिधिहरू सहभागी छन् । बन्दसत्रमा पार्टीभित्र देखिएका संगठनात्मक समस्या, नेतृत्वको भूमिका र नीतिगत सुधारका विषयमा धारणा राखिने अपेक्षा गरिएको छ ।
कार्यविधि तय गरी बन्दसत्र सञ्चालन गरिनेछ । बन्दसत्रको सभापतित्व ज्येष्ठ सदस्यले गर्नेछन्। यस क्रममा नीतिगत तथा संगठनात्मक प्रतिवेदन प्रस्तुत भई त्यसमा छलफल हुने कार्यक्रम रहेको छ ।