बिहीबार, २८ फाल्गुन, २०८२

निर्वाचन आयोगमा बुझायो कांग्रेसले समानुपातिक बन्दसूची

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, १४ पुष, २०८२

निर्वाचन आयोगमा बुझायो कांग्रेसले समानुपातिक बन्दसूची

२०८२ पुष १४, काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसले समानुपातिकतर्फको बन्द सूची निर्वाचन आयोगमा बुझाएको छ ।

निर्वाचन आयोगले समानुपातिक बन्दसूची बुझाउने समयसीमा सोमबारसम्म तोकेको थियो । सोही समयसीमाअन्तर्गत कांग्रेसका नेता मीनबहादुर विश्वकर्मालगायत पार्टी प्रतिनिधि आयोग पुगेका हुन् ।

यसअघि आजै बसेको कांग्रेस कार्यसम्पादन समिति बैठकले सातै प्रदेशबाट प्राप्त समानुपातिकतर्फको बन्दसूची अनुमोदन गरेको थियो। अनुमोदनपछि पार्टीले आयोगमा सूची दर्ता गराएको हो ।

यसैबीच नेपाली कांग्रेस पदाधिकारीबाट समानुपातिक बन्दसूचीमा सहमहामन्त्री भीष्मराज आङ्देम्बेमात्रै सिफारिस भएका छन् । यसअघि समानुपातिकबाट सांसद भइसकेकाहरू यसपटक कोही पनि समावेश नगरिएकाे कांग्रेसले जनाएकाे छ ।

advertisement_1676998982.gif