बिहीबार, २५ भाद्र, २०८३

सुनसरी घटनाको निष्पक्ष छानबिन गरी प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग काँग्रेसको माग

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, १९ श्रावण, २०८३

सुनसरी घटनाको निष्पक्ष छानबिन गरी प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग काँग्रेसको माग

२०८३ साउन १९, काठमाडौँ । नेपाली काँग्रेसका सचेतक निष्कल राईले सुनसरीसहित पूर्वी मधेसमा भएको धार्मिक तनावको विषयमा निष्पक्ष अनुसन्धान गरी सुरक्षा कमजोरी र राज्यको भूमिकासहितको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरेका छन् ।

प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन् । उनले साम्प्रदायिक सद्भाव खल्बल्याउने गरी सामाजिक सञ्जालमार्फत अफवाह फैल्याउनेमाथि कानूनी कारबाही गर्न समेत माग गरे । राईले कुनै पनि धर्मलाई शंकाको घेरामा नराख्न समेत सरकारको ध्यानाकर्षण गराए ।

सरकारलाई खुला, पारदर्शी र सहयोगी बन्न उनको आग्रह छ । सचेतक राईले सुनसरी घटनापछि सरकार र आन्दोलनरत एक पक्षबीच भएको १३ बुँदे सहमतिप्रति पनि प्रश्न उठाए। उनले धर्म, नागरिकता र धार्मिक संस्थासँग सम्बन्धित विषयमा कुनै एक पक्षसँग मात्र सहमति गरेर समाधान खोज्दा अर्को पक्ष असन्तुष्ट वा असुरक्षित महसुस गर्ने कुरामा सरकार सचेत हुनुपर्ने बताए । उनले धर्मका नाममा हुने द्वन्द्वले अन्ततः कुनै पनि धर्मलाई विजयी नबनाई मानवतालाई नै पराजित गर्ने इतिहास रहेको पनि स्मरण गराए ।

धर्मनिरपेक्ष राज्यको संवैधानिक चरित्र, नागरिकता र धार्मिक संस्थासँग सम्बन्धित विषयमा सरकारले सबै नागरिकको साझा अभिभावकको भूमिका निर्वाह गर्नुपर्नेमा उनको जोड छ ।

advertisement_1676553908.gif