बिहीबार, २८ फाल्गुन, २०८२

तारामान गुरुङको नेतृत्वमा कांग्रेसले गठन गर्‍यो अनुशासन समिति

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, २६ माघ, २०८२

तारामान गुरुङको नेतृत्वमा कांग्रेसले गठन गर्‍यो अनुशासन समिति

२०८२,माघ २५, काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय सदस्य तारामान गुरुङको नेतृत्वमा तीन सदस्यीय अनुशासन समिति गठन गरेको छ ।

आइतबार बिहान बसेको कार्यसम्पादन समितिको बैठकले अनुशासन समिति गठन गर्ने निर्णय गरेको प्रवक्ता देवराज चालिसेले जानकारी दिए । उनका अनुसार गुरुङ नेतृत्वको समितिमा थप दुई सदस्यमा केन्द्रीय सदस्यद्वय धना खतिवडा र सुवासकुमार पोखरेल सदस्य छन् ।

बैठकले उपसभापति विश्वप्रकाश शर्माले प्रस्तुत गरेको ‘नेपाली कांग्रेस प्रतिनिधि सभा निर्वाचन परिचालन निर्देशिका –०८२’ र ‘नेपाली कांग्रेस सार्वजनिक कार्यक्रम व्यवस्थापन निर्देशिका-०८२’ लाई परिमार्जनसहित पारित गरेको प्रवक्ता चालिसेले बताए ।

विशेष महाधिवेशनअघि शेरबहादुर देउवा नेतृत्वमा रहँदा आनन्द ढुंगाना संयोजक रहेको अनुशासन समिति थियो । विधान अनुसार अनुशासन समिति ५ सदस्यीय हुने व्यवस्था छ ।

advertisement_1676998982.gif