राष्ट्रिय सन्देश संबाददाता, बिहीबार, २६ मंसिर, २०८२
२०८२ मंसिर २५, काठमाडौं । नेपाली कांग्रेस डडेल्धुराले प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फ सभापति शेरबहादुर देउवाको नाम एकल सिफारिस गरेको छ ।
जिल्ला कार्यसमितिको बिहीबार बसेको बैठकले सभापति देउवाको नाम सर्वसम्मत एकल सिफारिस गर्ने निर्णय गरेको हो ।
जिल्ला सभापति भीमबहादुर साउदले पूर्वप्रधानमन्त्री देउवाको नाम सर्वसम्मत एकल सिफारिस गर्ने निर्णय भएको बताएका छन् । सभापति देउवा २०४८ सालदेखि डडेल्धुराबाट लगातार निर्वाचन जित्दै आएका छन् ।
जेन जेड आन्दोलनका क्रममा सांघातिक आक्रमणमा परी घाइते भएका देउवाले केही दिनअघि मात्रै अन्तिम पटक निर्वाचनमा उम्मेदवारी दिने इच्छा देखाएका थिए ।