बिहीबार, २८ फाल्गुन, २०८२

विशेष महाधिवेशन मंगलबारसम्म लम्बिने

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, २८ पुष, २०८२

विशेष महाधिवेशन मंगलबारसम्म लम्बिने

२०८२ पुष २८, काठमाडौँ । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन मंगलबारसम्म लम्बिने भएको छ ।  दुई महामन्त्रीका प्रतिवेदनमाथि छलफल चलिरहँदा निष्कर्षमा पुग्न नसकेपछि बैठक मंगलबारसम्म लम्बिएको हो ।

विशेष महाधिवेशन प्रचार प्रसार उपसमितिका सदस्य सचिव माधवप्रसाद चम्लागाईंका अनुसार बैठक मंगलबारसम्म लम्बिएको हो ।

मंगलबार नै नेतृत्व चयनसमेत थालिने उनले बताएका छन् । उनले भने, ‘महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पेस गरेका प्रतिवेदनमाथिको छलफल घनिभूत रूपमा चलिरहेको छ । यो क्रम मंगलबार पनि चल्नेछ । त्यसपछिमात्र नेतृत्व चयन प्रक्रिया अगाडि बढ्ने छ ।‘

advertisement_1676551694.gif