बिहीबार, २८ फाल्गुन, २०८२

विशेष महाधिवेशनको पक्षमा ६२ प्रतिशत प्रतिनिधिले गरे हस्ताक्षर

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, २७ पुष, २०८२

विशेष महाधिवेशनको पक्षमा ६२ प्रतिशत प्रतिनिधिले गरे हस्ताक्षर

२०८२ पुष २७, काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन उद्घाटन समारोहमा ६२ प्रतिशत महाधिवेशन प्रतिनिधिले सहभागिता जनाउँदै नाम दर्ता गराएका छन् । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा साँझ ७ बजेसम्म ६२.०४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरू उपस्थित भएका हुन् ।

पार्टीका कुल ४ हजार ७ सय ४३ प्रतिनिधिमध्ये ६२ प्रतिशत महाधिवेशन प्रतिनिधिले अहिलेसम्म नाम दर्ता गराएका प्रतिनिधिको संख्या हो ।

यसअघि असोज २९ गते ५४ प्रतिशत प्रतिनिधिको हस्ताक्षरसहित विशेष महाधिवेशनको माग उठेको थियो । संस्थापन पक्षले बेवास्ता गरेपछि महामन्त्रीद्वयले विशेष महाधिवेशन आह्वान गरेका थिए । कांग्रेसको विशेष महाधिवेशन पक्षधर समूहको आयोजनामा भइरहेको महाधिवेशनको पहिलो दिन आज आठवटा ‘स्टल’बाट नाम दर्ता भइरहेको बताइएको छ ।

advertisement_1680627680.gif