राष्ट्रिय सन्देश संबाददाता, मंगलवार, १५ पुष, २०८२
२०८२ पुष १५, काठमाडौँ । नेपाली काँग्रेसले प्रतिनिधि सभा समानुपातिकतर्फ निर्वाचन आयोगमा ११० जना उम्मेदवारको सूची बुझाएको छ । काँग्रेसले हिजो निस्सा लिएर आज बिहान साढे ११ बजे उम्मेदवार सूची आयोगमा बुझाएको हो ।
यसपालि काँग्रेसले केही जेन जेड, ३५ वर्षमुनिका युवा र नयाँ अनुहारलाई प्राथमिकता दिएर समानुपातिक उम्मेदवार सूची बुझाइएको जनाएको छ ।
निर्वाचन आयोगले दलहरूलाई बन्दसूची बुझाउने समय पुस १३ र १४ गते दिएकोमा कांग्रेसले १४ गते भौचर काटेर १५ गते बिहान १० बजेमात्रै बुझाएको निर्वाचन आयोगले जनाएको छ ।