मंगलवार, २८ आश्विन, २०८२

नयाँ वर्ष २०८० शुभ होस् ! सबै मिलेर कामना गरौँ - नयाँ वर्ष २०८० मा देशमा सुख शान्ति समृद्धिको कामना गरौ ।

राष्ट्रिय सन्‍देश संबाददाता, शुक्रबार, १ बैशाख, २०८०

नयाँ वर्ष  २०८० शुभ होस् ! सबै मिलेर कामना गरौँ - नयाँ वर्ष २०८० मा देशमा सुख शान्ति समृद्धिको कामना गरौ ।

बितेको वर्ष २०७९ सुरु हुँदाका केही अन्योल अपेक्षाकृत मत्थर भएका छन् भने राजनीतिक क्षेत्रमा उतारचढाव धैरे बढिरहेको छ। विधानको अक्षर र भावना दुवै मिचिएर बाटो छाडेको राजनीति संवैधानिक बाटामा फर्केको छ । अहिलेको राजनीतिक परिवेशमा जनताको मर्म भावना विपरित काम भईरहेको यो समयमा कम्तीमा सत्तामा बस्नेहरूले संविधानको भावना र अक्षर उल्लङ्घन गरेर लोकतन्त्रमाथि पोहोरजस्तो प्रहार नगरून् । संविधानको ‘पालन र संरक्षण’ गर्ने ‘प्रमुख कर्तव्य’ तोकिएकै संस्थाबाट संंविधानकै मर्ममा प्रहार गरेर संस्थाकै गरिमा घटाउने काम नहोस् । संविधानले दिएको शक्ति यसको राष्ट्र र जनताको हितमा लगाइयोस् ।

खस्कँदो अर्थतन्त्रको पुनरुत्थान होस् । शासन प्रणालीकै साख गिर्नेगरी सत्ताको दुरुपयोग फेरि नहोस् । अपराधीले उन्मुक्ति नपाऊन् । दण्डहीनताको अन्त्य होस् । नेपाली जनताले सुशासनको अनुभव गर्न पाऊन् ।  हामीले देशमा सुख शान्ति समृद्धिको सुनौला अक्षरहरूले समाचार प्र‍काशित गर्न पाइयोस।

सबै मिलेर कामना गरौँ - नयाँ वर्ष २०८० हामी सबैका लागि सुखद होस् । देशमा सुख शान्ति समृद्धिको कामना गरौ।
राष्‍ट्रीय सन्‍देश परिवार हाम्रा पाठकवर्गहरू, बिज्ञापनदाता, शुभेच्छुक र सहकर्मीलगायत सबैलाई सुख र शान्तिको मङ्गलमय शुभकामना अर्पण गर्छ ।

advertisement_1676551646.gif