मंगलवार, २८ आश्विन, २०८२

अन्नपूर्ण गाउँपालिकाले ल्‍यायो बजेट ६५ करोड १५ लाख

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, ११ असार, २०८२

अन्नपूर्ण गाउँपालिकाले ल्‍यायो बजेट ६५ करोड १५ लाख

११ असार २०८२, कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ६५ करोड १५ लाख ३४ हजार ७ सय ७५ को बजेट ल्याएको छ । 

गाउँपालिका उपाध्यक्ष चन्द्रकला अधिकारीबाट मंगलबार गाउँसभामा प्रस्तुत बजेटमा चालुतर्फ ४३ करोड ३२ लाख ६२ हजार ७ सय ७५ र पूँजीगततर्फ २१ करोड ८२ लाख ७२ हजार विनियोजन गरिएको छ ।

बजेटको स्रोतमा नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट ११ करोड ५७ लाख, नेपाल सरकारबाट प्राप्त हुने राजश्व बाँडफाँडबाट ११ करोड ८२ लाख, ९८ हजार ७ सय ७५ नेपाल सरकार ससर्त अनुदानतर्फ २९ करोड ८१ लाख अनुमान गरिएको छ ।

उपाध्यक्ष अधिकारीले नेपाल सरकार समपुरक अनुदान ३ करोड,नेपाल सरकार विशेष अनुदान रकम २ करोड ५५ लाख, गण्डकी प्रदेश सरकार राजस्व बाँडफाँड १ करोड़ ४ लाख ६२ हजार, गण्डकी प्रदेश सरकार समपूरक अनुदान ६० लाख प्राप्त हुने प्रक्षेपण गरिन् ।

यस्तै, गण्डकी प्रदेश सरकार समानीकरण अनुदान १ करोड़ ३२ लाख ७४ हजार, गण्डकी प्रदेश सरकार विशेष अनुदान रकम ४० लाख र आन्तरिक स्रोतबाट ३ करोड रुपैयाँ प्राप्त हुने उनको भनाइ रहेको छ । समुन्नत र समृद्ध अन्नपूर्ण निर्माणका लागि कृषि पर्यटन उर्जा र पूर्वाधार, अन्नपूर्ण समृद्धिको आधार भन्ने दीर्घकालिन दृष्टिकोणलाई आत्मसाथ गर्दै आर्थिक बर्ष २०८२/८३ को बजेट प्रस्तुत भएको हो ।

advertisement_1676551537.gif