बिहीबार, १८ भाद्र, २०८३

भोटेकोशी बाढी प्रभावितका लागि मिथिला नगरपालिकाको ४१ लाख सहयोग

राष्ट्रिय सन्‍देश संबाददाता, ४ घण्टा पहिले

भोटेकोशी बाढी प्रभावितका लागि मिथिला नगरपालिकाको ४१ लाख सहयोग

२०८३ भदौ १८ धनुषा । भोटेकोशी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि धनुषाको मिथिला नगरपालिकाले ४१ लाख रुपैयाँ सहयोग गरेको छ ।

नगरपालिकाले बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै पीडित परिवारप्रति समवेदना प्रकट गरेको छ ।

विपद्को घडीमा सहयोग पुर्‍याउने उद्देश्यले नगरपालिकाभित्र कार्यरत जनप्रतिनिधि, कर्मचारी, शिक्षक तथा विद्यालयका कर्मचारीबाट सहयोग संकलन गरिएको नगर प्रमुख महेन्द्र महतोले जानकारी दिए ।

नगरपालिकाका अनुसार नगर प्रमुखबाट ५१ हजार १५१ रुपैयाँ, नगर उपप्रमुखबाट १२ हजार रुपैयाँ तथा जनप्रतिनिधिबाट तीन लाख ३३ हजार १६५ रुपैयाँ सहयोग गरिएको छ ।

advertisement_1680627706.gif