मंगलवार, २८ आश्विन, २०८२

भरतपुरको बजेट पाँच अर्ब १९ करोड (पूर्णपाठ)

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, ८ असार, २०८२

भरतपुरको बजेट पाँच अर्ब १९ करोड  (पूर्णपाठ)

८ असार २०८२, चितवन । भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि रु पाँच अर्ब १९ करोड ७१ लाख ६६ हजार बजेट प्रस्तुत गरेको छ । महानगरको १७औँ नगरसभामा उपप्रमुख चित्रसेन अधिकारीले आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गरेका हुन् ।

बजेटले अधुरा तथा क्रमागत आयोजनाहरूको निरन्तरता, शहरी पूर्वाधार विकास, कृषि, शिक्षा, स्वास्थ्य र सामाजिक विकासलाई प्राथमिकतामा राखेको उपप्रमुख चित्रसेन अधिकारीले बताए ।

कूल बजेटको स्रोत व्यवस्थापनका लागि आन्तरिक आयबाट रु एक अर्ब ८० करोड, अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट रु दुई अर्ब १५ करोड ७६ लाख, सङ्घीय राजस्व बाँडफाँडबाट रु ३१ करोड ९१ लाख र प्रदेश राजस्व बाँडफाँडबाट रु १४ करोड ४ लाख ४१ हजार अनुमान गरिएको छ । जनसहभागिताबाट रु ५ करोड, बैंक मौज्दातबाट रु ७० करोड र सडक बोर्ड नेपालबाट रु तीन करोड प्राप्त हुने प्रक्षेपण गरिएको सभामा जानकारी दिए । 

अधुरा तथा क्रमागत आयोजना सम्पन्न गर्न रु ६० करोड, बहुवर्षीय ठेक्काको भुक्तानीका लागि रु २४ करोड ५० लाख र वडास्तरीय आयोजनाका लागि रु ९४ करोड ७८ लाख विनियोजन गरिएको छ ।

गुणस्तरीय शिक्षामा पहुँच बढाउन शैक्षिक कार्यक्रमका लागि रु १० करोड ५० लाख र स्वास्थ्य सेवा सुधारका लागि रु ३ करोड भन्दा बढी बजेट विनियोजन गरिएको छ । भने  युवा तथा खेलकुद विकासका लागि रु १ करोड ५० लाख, मेयर कप र उपमेयर कप खेलकुदका लागि क्रमशः रु ३० लाख र रु १२ लाख विनियोजन भएको छ। साथै, उद्यमशीलता विकास र रोजगारी सिर्जनाका लागि रु १ करोड विनियोजन गरिएको उपप्रमुख अधिकारीले जानकारी दिए । 

गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालाको अधुरो कार्य सम्पन्न गर्न साझेदारीका लागि रु चार करोड र महानगरको प्रशासनिक भवन निर्माणका लागि रु चार करोड विनियोजन गरिएको छ । कृषि तथा पशुविकास कार्यक्रमका लागि रु ९ करोड विनियोजन गरिएको अधिकारीले बताए । शिक्षा र स्वास्थ्य स् गुणस्तरीय शिक्षामा पहुँच बढाउन शैक्षिक कार्यक्रमका लागि रु १० करोड ५० लाख, स्वास्थ्य सेवा तर्फ भरतपुर अस्पतालमा निः शुल्क बहिरङ्ग टिकट सहीत स्वास्थ्य सेवा सुधारका लागि रु तीन करोड भन्दा बढी बजेट विनियोजन गरिएको छ ।

Download the PDF
advertisement_1676551537.gif