मंगलवार, १८ चैत्र, २०८१

हल गाेरू पाल्ने तीन सय किसानलाई अनुदान दिँदै रिव्दीकाेट गाउँपालिका

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, १२ चैत्र, २०८१

हल गाेरू पाल्ने तीन सय किसानलाई अनुदान दिँदै रिव्दीकाेट गाउँपालिका

अमृृत अधिकारी,  १३ चैत २०८१, पाल्पा । हलगोरु पाल्ने किसानलाई प्रोत्साहन गर्न यहाँको पालिकाले अनुदान दिने तयारी गरेको छ । जिल्लाको रिव्दीकोट गाउँपालिकाले हल गोरु पालेर कृषि पेशामा लागेका किसानलाई प्रोत्साहन गर्न भन्दै नगद अनुदान दिने तयारी गरेको हो ।

अनुदानका लागि गाउँपालिकाले आठ वटै वडाका २९८ किसानलाई छनौट गरेको छ । गत वर्ष वडा नं. १ का हल गोरु पाल्ने किसानलाई गाउँपालिकाले दुई हजार पाँच सय रुपियाँदेखि पाँच हजार रुपियाँसम्म अनुदान दिएको थियो ।

यो वर्ष पालिकाका आठ वटै वडाका २९८ जना हाल गोरु पाल्ने किसानलाई प्रोत्साहन गर्न अनुदान दिने तयारी भइरहेको गाउँपालिकाका अध्यक्ष नारायणबहादुर कार्कीले जानकारी गराए । गाउँमै बसेर कृषि पेशामा आवद्ध किसानलाई हौसला प्रदान गर्न नगद अनुदानको व्यवस्था गरिएको कार्कीले  बताए । यो वर्ष कृषि पेशामा आबद्ध हुन रुचि भई नयाँ हलगोरु किनेर ल्याउने किसानले पाँच हजार र पुराना किसानले दुई हजार पाँच सय रुपियाँ पाउने जानकारी गराए ।

अनुदान पाउने किसानले पालिकामा निवेदन दिइसकेका छन् । निवेदन आएका किसानमध्ये अनुगमनपछि अनुदान दिने अन्तिम निर्णय गरिने गाउँपालिकाका प्रवक्ता प्रकाश रायमाझीले जानकारी दिए ।
गाउँपालिकाले बसाइसराई तीव्र भएको भन्दै त्यसलाई रोक्न पनि किसानलाई प्रोत्साहन गर्न यस्तो कार्यक्रम ल्याएको जनाएको छ ।

हलगोरु पाल्ने किसान छनौट गरेर दानामा अनुदान दिने तयारी भइरहेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत मणीप्रसाद खनालले जानकारी दिए ।
हल गोरु पालेवापत अनुदान पाउनका लागि वडा नं. १ का २५ जना, वडा नं. २ का छ जना, वडा नं. ३ का चार जना, वडा नं. ४ का २८ जना किसान छनौट भएका छन् ।

यस्तै वडा नं. ५ का १२, वडा नं. ६ को ९२, वडा नं. ७ का ३३ जना र वडा नं. ८ को एक सय जना किसान छनौट भएको गाउँपालिकाले जनाएको छ ।

advertisement_1676553851.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif