राष्ट्रिय सन्देश संबाददाता, आईतवार, २९ असार, २०८२
२९ असार २०८२, काठमाडौं । काठमाडौं महानगरपालिकाले आज आर्थिक वर्ष २०८२-०८३को बजेट ल्याउँदै छ । शुक्रबार बसेको काठमाडौँ महानगरपालिकाको कार्यपालिका बैठकले आइतबार दिउँसो २ बजे नगरसभा गर्ने निर्णय गरेको हो।
सोही निर्णय अनुसार आज दिउँसो २ बजे बस्ने नगरसभामा बजेट प्रस्तुत हुनेछ ।
शुक्रबार बसेको कार्यपालिका बैठकमा आइतबार बजेट ल्याउने निर्णय महानगर प्रमुख बालेन्द्र शाह(बालेन)ले सुनाएका थिए । बजेटको मिति घोषणा अघि महानगरपालिकाको राजश्व परामर्श समितिको बैठकले पूर्वाधारमा बजेट थप्ने निर्णय गरेको थियो।