मंगलवार, २८ आश्विन, २०८२

ललितपुर महानगरले सबै सामुदायिक विद्यालयहरुलाई सुचारु गर्न अनुरोध गर्यो

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, १५ बैशाख, २०८२

ललितपुर महानगरले  सबै सामुदायिक विद्यालयहरुलाई सुचारु गर्न अनुरोध गर्यो

२०८२ वैशाख १५ गते काठमाडौँ । ललितपुर महानगरपालिकाले सम्पूर्ण सामुदायिक विद्यालयहरुलाई  विद्यालय सुचारु गर्न अनुरोध गरेको छ । महानगरका प्रवक्ता रा जु महर्जनद्वारा जारि पत्रमा सबै सामुदायिक विद्यालयहरुलाई सम्बोधन गर्दै लेखिएको छ । उक्त पत्रमा वैशाख १६ गतेदेखि भर्ना प्रक्रिया एवम् नियमित पठनपाठन पूर्णरुपमा सञ्चालन गर्न गराउन आग्रह गरिएको छ ।

महानगरका अनुसार सर्वोच्च अदालतले पनि देशभरका बालबालिकालाई विद्यालयाम नियमित पठनपाठन गर्न पाउने हकबाट बञ्चित नगर्नु नगराउनू भन्ने आदेश आएबमोजिम महानगरले यस्तो अनुरोध गरेको हो ।

करिब एक महिनादेखि जारी काठमाडौं केन्द्रित शिक्षक आन्दोलनले देशभरका सामुदायिक विद्यालयमा पठनपाठन प्रभावित भएको छ ।

advertisement_1676998982.gif