मंगलवार, १ श्रावण, २०८१

advertisement_1712329002.jpg

पाल्‍पाको तानसेन नगरपालिकाले ल्‍यायो १ अरब ७६ करोड बजेट

राष्ट्रिय सन्‍देश संबाददाता, शुक्रबार, ८ असार, २०८१

पाल्‍पाको तानसेन नगरपालिकाले ल्‍यायो  १ अरब ७६ करोड बजेट

पाल्पा । पाल्‍पाको तानसेन नगरपालिकाले आर्थिक बर्ष २०८१र८२ को बार्षिक बजेट १ अरब ७३ करोड ७६ लाख २० हजार ९५७ बराबर बजेट प्रस्‍तुत गरको छ । शुक्रबार तानसेन नगरपालिकाले १५ औं नगर सभाको पहिलो बैठकमा तानसेन नगरपालिकाकि उप प्रमुख प्रतीक्षा सिंजालीले उक्त अनुमानित बजेट नगरसभामा प्रस्तुत गरेकी हुन । 

पुँजिगत खर्च तर्फ ९१ करोड ९९ लाख १३ हजार ३ सय ८२ रहेको छ । नगरपालिकाको आर्थिक बिकास क्षेत्र ६ करोड २ लाख ४६ हजार १३९ रुपैया, भौतिक पुर्वाधार विकास तर्फ ८३ करोड ८१ लाख ९२ हजार ४५३रुपैया, त्यस्तै सामाजिक विकास तर्फ ६९ करोड ३७ लाख ५९ हजार ४७२ रुपैया रहेको छ । सुशासन तथा संस्थागत विकास तर्फ १४ करोड ८८ लाख ३७ हजार ७०२ रुपैया विनियोजन नगरपालिकाले गरेको  छ । त्यस्तैगरि वातावरण तथा विपत व्‍यवस्‍थापन तर्फ २ करोड ६५ लाख ८५ हजार १८९ गरेको उपप्रमुख सिंजालीले जानकारी गराएकी थिइन् ।

नगरसभाको अध्यक्ष गर्नुभएका नगरप्रमुख सन्तोषलाल श्रेष्ठले तानसेन नगरपालिकाको आर्थिक बर्ष २०८१ /८२ को वार्षिक निति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । नगर प्रमुख श्रेष्ठले यस आर्थिक बर्षमा ३.१ किमी सडक कालोपत्र तथा ढलान, ९।५ किमि सडक स्तरउन्नती तथा मर्मत, ३दशमलव २ किमी सडक नयाँ सडक निमार्ण कार्य सम्पन्न भएको जानकारी गराउनुभयो । त्यस्तै यो अवधीमा २७ वटा भवन टस निमार्ण, ७ वटा मन्दिर १२ वटा प्रतिक्षालय निमार्ण, २८ वटा खानेपानी टंकी निर्माण तथा मर्मत, २ दशमलव ५ किमी सिंचाई कुलो निमार्ण तथा मर्मत हुने नगर प्रमुख श्रेष्‍ठले बताए ।

नीति तथा कार्यक्रममा स्वस्थ, शिक्षित, उद्यमशील, व्यवसायिक, सभ्य र सुखी नागरिक बसोबास गर्ने स्वच्छ, सुन्दर, पर्यटकीय व्यवस्थित समावेशी र समृद्ध सांस्कृतिक नगरपालिका भन्ने नारालाई प्राथमिकता दिइएको छ । करिब १६ पृष्ठको नीति तथा कार्यक्रममा सुशासन तथा संस्थागत विकास, आर्थिक विकास, सामाजिक विकास, पूर्वाधार विकास, वन वातावरण तथा विपद् व्यवस्थापन शीर्षकका विभिन्न उपशीर्षकमा नगरवासीको माग र आवश्यकतालाई सम्बोधन गरी जीवनस्तर सुधार गर्ने विषयलाई जोड दिइएको छ ।

नगरभित्र आर्थिक क्षेत्रमा नविनतम कार्य गरी कम्तिमा ५० जना नगरवासीलाई प्रत्यक्ष रोजगार दिनेलाई मेयर उत्कृष्ट उद्यमी व्यवसायी उपाधिले सम्मान गर्ने, ऐतिहासिक कला, साहित्य र संस्कृति, सम्पदा, विज्ञान प्रविधि, शिक्षा स्वास्थ्यका क्षेत्रमा योगदान गरेका व्यक्तिहरुको सहभागितामा तानसेन नगर प्रज्ञा प्रतिष्ठान गठन गर्ने, अदुवा भण्डारन गृहमा अदुवा भण्डारन गर्ने कृषकहरुलाई केजीमा ५ रुपैया अनुदान दिने, पाल्पाली ढाकाको प्रर्वद्धनका लागि प्रत्यक शुक्रबारका दिन नगरपालिका मातहतका जनप्रतिनिधि र कर्मचारीहरुले ढाकाको पोशाक र टोपी लगाउने नीति दिइएको नगर प्रमुख श्रेष्ठले बताउनुभयो ।

advertisement_1676551646.gif
प्रतिक्रिया
advertisement_1677772990.gif
advertisement_1693066608.gif
advertisement_1677773007.gif
advertisement_1677772940.gif
advertisement_1677773033.gif
advertisement_1677773060.gif
advertisement_1697293415.gif
advertisement_1697302073.jpg
advertisement_1697378651.jpg
advertisement_1697382926.jpg