राष्ट्रिय सन्देश संबाददाता, शनिबार, १५ चैत्र, २०८१
१६ चैत्र २०८१, काठमाडौं । काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजार रुपैयाँ जरिवाना तोकेको छ ।महानगरले हिजो (शुक्रबार) तीनकुनेमा भएको प्रदर्शनलाई लिएर विभिन्न ९ वटा शीर्षकमा ८ वटा पत्र लेखेर सो रकमको जरिवानासहितको पत्र काटेको हो ।
दुर्गा प्रसाईंको आह्वानमा राजसंस्था पुनर्स्थापनाको मागसहित भएको प्रदर्शनमा सहभागीहरूले महानगरपालिकाका विभिन्न संरचना, दमकल तथा अग्नि नियन्त्रकहरूमा आक्रमण गरेका थिए।
यस घटनापछि महानगरले सार्वजनिक सम्पत्तिमा भएको क्षतिको जिम्मेवारी पूर्वराजा शाहलाई तोक्दै जरिवाना लगाउने निर्णय गरेको हो ।