मंगलवार, २८ आश्विन, २०८२

रामेछाप नगरपालिकाले ८० करोडभन्दा बढीको बजेट सार्वजनिक गर्‍यो

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, १० असार, २०८२

रामेछाप नगरपालिकाले ८० करोडभन्दा बढीको बजेट सार्वजनिक गर्‍यो

१० असार २०८२, रामेछाप । रामेछाप नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२-८३ का लागि ८० करोड ४४ लाख ५६ हजार १३० रुपैयाँको बजेट सार्वजनिक गरेको छ । सोमबार नगर प्रमुख लव श्री न्यौपानेको अध्यक्षतामा सम्पन्न १७ औँ नगरसभा अधिवेशनमा बजेट प्रस्तुत गरिएको हो।

नगर उपप्रमुख बालकुमारी कार्कीले नगरसभामा प्रस्तुत गर्नुभएको बजेटअनुसार, पुँजीगत खर्चतर्फ २९ करोड ७६ लाख ६२ हजार ११० रुपैयाँ र चालु खर्चतर्फ ५० करोड ६७ लाख ९४ हजार २० रुपैयाँ विनियोजन गरिएको छ ।

यस्तै, नगरपालिकाको अनिवार्य दायित्वका लागि ८ करोड ७४ लाख २८ हजार ७ सय ७७ रुपैयाँ ६७ पैसा छुट्याइएको छ । नगर प्रमुख न्यौपानेले नगरसभामा प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा सामाजिक विकास, पूर्वाधार विकास, आर्थिक वृद्धि र सुशासनलाई प्राथमिकता दिइएको छ । नीतिहरुमा शिक्षा, युवा तथा खेलकुद, स्वास्थ्य, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको संरक्षण, पशुपंक्षी तथा मत्स्य, कृषि, सहकारी तथा उद्योग, वन तथा वातावरण संरक्षण, विपद् व्यवस्थापन, संस्थागत विकास र राजश्व वृद्धिको योजना समेटिएको छ ।
नगरपालिकाले प्रस्तुत गरेको नीति, कार्यक्रम र बजेटले आगामी वर्ष समावेशी विकास, पारदर्शिता र सेवा प्रवाहलाई सुदृढ बनाउने अपेक्षा गरिएको छ ।

advertisement_1676553908.gif