मंगलवार, २८ आश्विन, २०८२

तिहार लक्षित फूल बिक्रीका लागि महानगरले तोक्यो ३२ विक्री स्थल

राष्ट्रिय सन्‍देश संबाददाता, शुक्रबार, २४ आश्विन, २०८२

तिहार लक्षित फूल बिक्रीका लागि महानगरले तोक्यो ३२ विक्री स्थल

२०८२ असोज २४, काठमाडौ । तिहारको समयमा फूल तथा माला बिक्री वितरण सहज बनाउन काठमाडौं महानगरपालिकाले ३२ ओटा विक्री स्थल तोकेको छ । महानगरले शुक्रबार पत्रकार सम्मेलन गर्दै फूल बजार व्यवस्थापन, विदेशी फूलको आयात नियमन तथा फूल बिक्री कक्ष सञ्चालनबारे जानकारी दिइएको हो ।

महानगरका अनुसार नयाँ बानेश्वर, चावहिल, माछापोखरी, कालिमाटी, स्वयम्भू, कमलादी, अनामनगर, टेवाल, सुन्धारा, न्यूप्लाजा लगायत ३० भन्दा बढी स्थानहरूमा नेपाली फूल तथा माला बिक्रीका लागि व्यवस्था मिलाइएको छ ।

फूल बिक्री कक्षमा स्थानीय किसान तथा व्यवसायीहरूले नेपाली फूल र माला बिक्री गर्न सक्नेछन् । यसबाट स्वदेशी उत्पादनको प्रवद्र्धन हुने विश्वास गरिएको छ ।
विभिन्न स्थानहरूमा जिम्मेवार व्यक्ति र सम्पर्क नम्बर तोकिएको छ, जसमा एन.बी. सेन्टर नयाँ बानेश्वरमा आकृति श्रेष्ठ आइप्लेक्स मलमा शिशिर पोखरेल, मध्य बानेश्वरमा सपना सिजापती, चावहिल गणेशस्थानमा अज्जव श्रेष्ठ, बत्तिसपुतलीमा सुरज थापा रहेका छन् ।

महानगर प्रहरी बलमार्फत आवश्यक सुरक्षाको समेत व्यवस्था मिलाइएको छ। सहजिकरणका लागि महानगर प्रहरी बलका सम्पर्क नम्बरहरू ०१–५९०१७६३, ०१–५९०१७६४ र मोबाइल ९८५१३५५५०९ सार्वजनिक गरिएको छ ।

विक्रवितरणको लागि निम्न स्थानहरु तोकिएको छ ।

advertisement_1676998982.gif