शुक्रबार, १२ भाद्र, २०८३

तिलोत्तमा नगरपालिकाद्वारा भोटेकोशी बाढीपीडितलाई ४० लाख रुपैयाँ सहयोग

राष्ट्रिय सन्‍देश संबाददाता, १७ घण्टा पहिले

तिलोत्तमा नगरपालिकाद्वारा भोटेकोशी बाढीपीडितलाई ४० लाख रुपैयाँ सहयोग

२०८३ भदौ ११ बुटवल । तिलोत्तमा नगरपालिकाले रसुवा जिल्लाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनःस्थापनाका लागि ४० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।

नगरपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख रुपैयाँ प्रदान गर्ने तथा नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरूको तीन दिन बराबरको सेवा–सुविधा वापतको १५ लाख रुपैयाँ थप गरी कुल ४० लाख रुपैयाँ सहयोग उपलब्ध गराउने निर्णय गरेको हो ।

नगरपालिकाले बाढीमा ज्यान गुमाएकाहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ । साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ, बेपत्ता व्यक्तिको तत्काल खोजी तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन सम्बन्धित निकायसँग आग्रह गरेको छ ।

नगरपालिकाले विपद्को कठिन घडीमा उद्धार, राहत तथा खोजी कार्यमा खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, स्वयंसेवक, रेडक्रसकर्मी र सहयोगी सबैप्रति आभार व्यक्त गर्दै भविष्यमा यस्ता विपद्बाट हुने क्षति न्यूनीकरणका लागि पूर्वतयारी, प्रभावकारी पूर्वसूचना प्रणाली र जोखिम व्यवस्थापनलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएको छ ।

advertisement_1676551646.gif