आईतवार, १० श्रावण, २०८३

तानसेन नगरपालिकाले ल्‍यायो १ अर्व ४६ करोडको बजेट

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, ११ असार, २०८२

तानसेन नगरपालिकाले ल्‍यायो  १ अर्व ४६ करोडको बजेट

पाल्पा, ११ असार । तानसेन नगरपालिकाले आगामी वर्षको लागि कुल १ अर्व ४६ करोड ५० लाख ९६ हजार ८ सय ७ रुपैयाको बजेट सार्वजनिक गरेको छ ।

जसमध्ये वित्तीय व्यवस्थाको लागि रु ८५ लाख समेत गरि चालु तर्फ रु ६२ करोड ७ लाख ३५ हजार ४२.३७ प्रतिशत र पुजिगत तर्फ ८४ करोड ४३ लाख ६१ हजार ५७.६ प्रतिशत बजेट नगर सभामा उपाध्यक्ष प्रतिक्षा सिंझालीले पेस गर्दै नगरपालिकाको सन्चितकोषबाट खर्च हुने गरि बजेट विनियोजन गरिएको बताइन। स्थानीय तहले असार १० गते बजेट ल्याउनु पर्ने कानूनी ब्यवस्था छ ।

सोही ब्यवस्था बमोजिम नगरपालिकाले मङलबार १७ औं नगर सभामा बजेट प्रस्तुत गरेको हो ।

advertisement_1676998982.gif