राष्ट्रिय सन्देश संबाददाता, शुक्रबार, २७ मंसिर, २०८२
२०८२ मंसिर २६, काठमाडौं । नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले आम नागरिकलाई सुशासनको प्रत्याभूति हुनेगरी काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । आज अपराह्न सिंहदरबारमा पुगेर पदभार ग्रहण गर्दै उनले सञ्चारकर्मीमाझ सो कुरा बताएका हुन् ।
नवनियुक्त मन्त्री भण्डारीले श्रम क्षेत्रमा देखिएको संगठित अपराधको जालो तोड्न आफूले कठोर कदम चाल्ने घोषणा समेत गरे । स्पेसल टाक्सफोर्स नै बनाएर सो काम आफूले गर्न चाहेको उनको भनाइ थियो । नवनियुक्त मन्त्री भण्डारीले आफूले लामो भाषण नभई कामै गरेर देखाउने अठोट लिएको पनि बताए ।
मन्त्री भण्डारीले गृह मन्त्रालयको समन्वयमा आफूले श्रमसम्बन्धी अपराध अनुसन्धानको कामलाई पनि प्राथमिकताका साथ अघि बढाउने बताए ।