शनिबार, ३० फाल्गुन, २०८२

अध्यक्षका लागि ओली र पोखरेल दुबैले दिए उम्मेदवारी

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, ३० मंसिर, २०८२

अध्यक्षका लागि ओली र पोखरेल दुबैले दिए उम्मेदवारी

२०८२ मंसिर २९,काठमाडौँ । नेकपा एमालेको जारी ११औं महाधिवेशनमा केपी शर्मा ओलीले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । महाधिवेशन स्थल भृकुटीमण्डपमा ओलीले अध्यक्ष पदमा उम्मेदवारी दिएका हुन् ।

त्यस्तै एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पनि अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका छन् । महासचिव पदका लागि वर्तमान महासचिव शंकर पोखरेल र उपाध्यक्ष सुरेन्द्र पाण्डेबीच प्रतिस्पर्धा हुँदैछ । पोखरेल संस्थापन पक्षका उम्मेदवार हुन् भने पाण्डे इश्वर पोखरेल पक्षका उम्मेदवार हुन् ।

दुवै पक्ष प्यानलसहित चुनावी मैदानमा छ । ओली तेस्रो पटक अध्यक्ष बन्ने दाउमा हुँदा पोखरेल पूर्वराष्ट्रपति विद्या भण्डारीको साथ लिएर मैदानमा होमिएका छन् । हिजोबाट सुरु भएको एमाले महाधिवेशनमा अहिले विभिन्न पदमा उम्मेदवारी दर्ता गर्ने क्रम जारी छ ।

११औँ महाधिवेशनमा भेला भएका २२६३ प्रतिनिधिले ३०१ सदस्यीय कमिटी चुन्दै छन् ।

advertisement_1680627680.gif