सोमबार, ११ कार्तिक, २०८२

बालेनको कदमलाई अदालतले रोक्यो। बालेन भन्छन अदालतको आदेश मान्दिन।

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, ७ असार, २०८०

बालेनको कदमलाई अदालतले रोक्यो। बालेन भन्छन अदालतको आदेश मान्दिन।

काठमाडौँ। हिन्दी फिल्म प्रदर्शनमा रोक लगाउने काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको निर्णयमा सर्वोच्च अदालतले फिल्म नरोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

बिहीबार न्यायाधीश धीरबहादुर चन्दको एकल इजलासले फिल्म नरोक्न अल्पकालीन अन्तरिम आदेश जारि गरेको हो ।विवादित फिल्म आदिपुरुषको आपत्तिजनक संवाद नसच्याएपछि शाहले काठमाडौँ महानगरभित्र हिन्दी फिल्म सञ्चालनमा रोक लगाउने निर्णय गरेका थिए ।  चलचित्र संघले बुधबार नगर प्रमुख  बालेन शाहले हिन्दि चलचित्र काठमाडौँ मा चल्न नदिएपछि उनि बिरुद्ध  उच्च अदालतमा रिट दायर गरेको थियो । 

अदालतको आदेश पछि महानगर प्रमुख बालेन शाहले आफ्नो फेसबुक स्टाटस लेख्दै  देशको सार्वभौमिकता र स्वाधीनताको सवालमा आफूले कुनै कानुन र अदालतलाई नमान्ने प्रतिक्रिया दिएका छन् ।

advertisement_1680627680.gif