सोमबार, ११ कार्तिक, २०८२

ब्यूँतियो संसद विकास कोष। सांसदलाइ पाँच करोड रूपैयाँ दिइने।

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, १६ जेष्ठ, २०८०

ब्यूँतियो  संसद विकास कोष। सांसदलाइ पाँच करोड रूपैयाँ दिइने।

काठमाडौँ। सरकारले पछिल्ला बर्षहरुमा खारेजीमा रहेको सांसद विकास कोषका नाममा  सांसदलाई दिने रकम फेरि सुचारु गरेको छ  ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट वक्तव्यमार्फत् उक्त बिबादित कार्यक्रमलाई फेरि सुचारु गरेका हुन् । यसका लागि ८ अर्ब २५ करोड विनियोजन गरिएको उनले जानकारी दिए।सांसदहरूले  आफ्नै शैलीमा बनाएका आयोजनाहरू प्रभावकारी नभएको र संघीयताको अवधारणाविपरीत रहेको भन्दै आलोचना भएपछि दुई वर्षअघि तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले २०७८/७९ को बजेटमार्फत कार्यक्रम खारेज गरेका थिए । अघिल्लो वर्ष जनार्दन शर्माले ल्याएको बजेटमा पनि यसलाई स्थान दिइएन । तर, अर्थमन्त्री डा. महतले यसलाई सुचारु गरेका हुन् ।

प्रतिनिधिसभाका प्रत्यक्ष निर्वाचित सांसदलाई आफ्नो निर्वाचन क्षेत्रको विकासका लागि भन्दै ६ करोड रूपैयाँ दिने गरिएको थियो । 

advertisement_1676553908.gif