मंगलवार, १२ कार्तिक, २०८२

भीभीआईपी वैदेशिक भ्रमणमा जाँदा अब लस्कर लागेर बिदाइ गर्न जान नपाइने

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, १३ मंसिर, २०८१

भीभीआईपी वैदेशिक भ्रमणमा जाँदा  अब लस्कर लागेर बिदाइ गर्न जान नपाइने

काठमाडौँ। सरकारले भीभीआईपीको वैदेशिक भ्रमणमा जाँदा लस्कर लागेर बिदाइ गर्न जाने परम्परालाइ घटाएर बढीमा १४ जना मात्रै जान पाउने व्यवस्था गरेको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले कार्यवाहक प्रधानमन्त्रीसहित १४ जना मात्रै अन्तराष्ट्रिय विमानस्थलमा बिदाइमा जान पाउने निर्णय गरेको बताइएको छ  ।
प्राप्त जानकारी  अनुसार देश बाहिर भीभीआईपी जादाँ एयरपोर्टमा लावा लस्कर जाने गरेको भन्दै अब १४ जनामात्रै जान पाउने गरी कार्यविधि संशोधन गरिएको छ । जसमा कार्यवाहक प्रधानमन्त्री, उपप्रधानमन्त्रीहरु, परराष्ट्रमन्त्री, गृहमन्त्री, सञ्चारमन्त्री र पर्यटनमन्त्रीबाहेक अरु मन्त्री पनि बिदाईमा सहभागी हुन नपाउने भएका छन् भने प्रधान सेनापती, प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरी महानिरीक्षक, मुख्यसचिव, सम्बन्धित देशका राजदूत र परराष्ट मन्त्रालयले तोकेको व्यक्ति मात्रै जान पाउने भएको हो ।

advertisement_1676551537.gif