सोमबार, ११ कार्तिक, २०८२

भारतीय विदेशमन्त्री जयशंकर काठमाडौँ आइपुगे।

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, १९ पुष, २०८०

भारतीय विदेशमन्त्री जयशंकर काठमाडौँ आइपुगे।

काठमाडौँ। भारतका विदेशमन्त्री एस जयशंकर नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन काठमाडौं आइपुगेका छन् ।

परराष्ट्र मन्त्री एनपी साउद र  परराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्सालले उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा  स्वागत गरेका छन् ।

भारतीय वायु सेवाको विशेष विमानमार्फत्  नेपाल भ्रमणमा आएका जयशंकरले आजै राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्ने कार्यक्रमरहेको बताइएको  छ ।

आज दिउँसो १ बजे उनी परराष्ट्र मन्त्रिस्तरीय आयोगको बैठकमा सहभागी हुने बताइएको छ  । शुक्रबार उनको स्वदेश फर्किने कार्यक्रम रहेको बताइएको छ। 

advertisement_1680627680.gif