सोमबार, ११ कार्तिक, २०८२

बल्खुमा प्रहरी घेरा तोड्न खोजेपछि प्रहरीले गर्यो बल प्रयोग।

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, ७ मंसिर, २०८०

बल्खुमा प्रहरी घेरा तोड्न खोजेपछि  प्रहरीले गर्यो बल प्रयोग।

काठमाडौं । बल्खुमा दुर्गा प्रसाईंका प्रदर्शनकारीहरुले प्रहरी घेरा तोड्न खोजेपछि प्रदर्शनकारी माथि प्रहरीले बल प्रयोग गरेर अश्रुग्यास र पानीको फोहोरा हानेको  छ।

एक व्यक्तिले सम्बोधनका क्रममा निषेधित क्षेत्र  तोड्ने भनेका थिए त्यसपछि प्रदर्शनकारीले  निषेधित क्षेत्र पस्न खोजेपछि प्रहरीले बल प्रयोग गरेको हो ।

त्यसक्रममा प्रहरीसँग प्रसाईँका पक्षधरको झडपसमेत भएको छ । नागरिक बचाउ अभियानको जुलुस कालीमाटीतर्फ प्रस्थान गर्न लाग्दा प्रहरीले अश्रुग्यास प्रहार गर्‍यो । अहिले प्रदर्शनकारीहरु तितरबितर भएका छन् भने बल्खु चोक खाली गरिएको छ। 

advertisement_1676553908.gif