सोमबार, ११ कार्तिक, २०८२

बर्तमान सरकारले पाकिस्तानी राजनीति सुरु गर्‍यो : केपी ओली

राष्ट्रिय सन्‍देश संबाददाता, शनिबार, २७ श्रावण, २०८०

बर्तमान सरकारले पाकिस्तानी राजनीति सुरु गर्‍यो : केपी ओली

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बर्तमान दाहाल नेतृत्वको सरकारले पाकिस्तानी मोडेलको राजनीति सुरु गरेको बताएका छन्। काठमाडौंमा गुरु लुइटेल अध्ययन तथा विकास केन्द्र नेपालको साधारणसभालाई सम्बोधन गर्दै आज अध्यक्ष ओलीले वर्तमान सरकारले पाकिस्तानी राजनीति सुरु गरेको भन्दै पाकिस्तानी राजनीति र प्रतिशोधको राजनीति नगर्न प्रधानमन्त्रीलाई सुझाव दिएको बताए।

उनले सरकारलाई धेरै नहौसिन र अधिनायकवाद नदेखाउन सुझाव दिए। कांग्रेस सांसद सुनिल शर्मालाई पक्राउ गर्दै सरकारविरुद्ध बोल्नेको मुख बन्द गर्न खोजेको र अरुलाई तर्साउन खोजेको उनले बताए। सुन तस्करीको विरोध गर्दा सुनिल शर्माले स्कुल पढ्दाको कुरा उठाएर गिरफ्तार गर्नु प्रतिशोधको राजनीति शुरु गरेको बताए ।

सांसद शर्मालाई अहिलको अवस्थामा पक्राउ गर्नु सामान्य विषय नभएको उनले बताए । अध्यक्ष ओलीले सुन प्रकरणमा उच्चस्तरीय छानविन आयोग बनाउन नमानेर सरकारले आफू छानविन गर्छु भन्नु रहस्यमय रहेको बताए। उनले एमालेले सुन प्रकरणमा उठेर बोल्न खोल्दा सत्तपक्षहरुले संसदमा हो-हल्ला गरेर बोल्न नदिएको जिकिर गरे।

advertisement_1744958411.jpg